Like us!
Follow us!
Connect us!
Watch us!

१२ करोडको सीमाका विषयमा सेबोन अध्यक्ष हमाल र गभर्नर अधिकारी बीच छलफल, छिट्टै सर्कुलर आउन सक्ने

अर्थ संसार

सोमबार, ०८ असोज २०८०, १७ : ०० मा प्रकाशित

१२ करोडको सीमाका विषयमा सेबोन अध्यक्ष हमाल र गभर्नर अधिकारी बीच छलफल, छिट्टै सर्कुलर आउन सक्ने

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालबीच भेटघाट भएको छ। सो भेटमा सेयर धितोकर्जामा लगाईएको १२ करोडको सीमाका सम्बन्धमा छलफल भएको बुझिएको छ।

व्यक्तिगत तर्फ १८ देखि २० करोड पुर्याउने विषयमा छलफल भएको स्रोतले बतायो। संस्थागत तर्फ भने यति नै भन्ने यकिन नभए तापनि व्यक्तिगतका तुलनामा संस्थागतको सीमा दोब्बर बनाउनुपर्ने विषयमा कुराकानी भएको बताईएको छ।  

त्यस्तै सो भेटमा भेन्चर क्यापिटल र प्राइभेट इक्विटी लगायतका विषयमा पनि कुराकानी भएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको