Like us!
Follow us!
Connect us!
Watch us!

सरकारलाई अर्थतन्त्रको भन्दा बढी सरकार कसरी टिकाउने भन्ने चिन्ता छ - एमाले अध्यक्ष ओली

अर्थ संसार

मंगलबार, ०९ असोज २०८०, १६ : १९ मा प्रकाशित

सरकारलाई अर्थतन्त्रको भन्दा बढी सरकार कसरी टिकाउने भन्ने चिन्ता छ - एमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारलाई अर्थतन्त्रको भन्दा बढी सरकार कसरी टिकाउने भन्ने चिन्ता भएको आरोप लगाएका छन् ।

नेपाल उद्योग तथा व्यवसाय महासंघले आयोजना गरेको एक कार्यक्रममा बोल्दै ओलीले हाल अर्थतन्त्रमा जरैदेखी रोग लागेको हुँदा यो अवस्थामा पातमा औषधि छर्केर मात्र नहुने बताए । अहिले एमालेलाई सरकारमा जाने नजाने केही मतलब नभएको र पार्टी मिसन ८४ मा लागेका पनि ओलीको भनाई थियो ।

पार्टी मिसन ८४ मा लागे पनि २०८४ को चुनाब सम्म उद्योग रहन्छन कि रहन्न , सेयर मार्केट रहन्छ कि रहदैन भन्ने अवस्था आएको बताउँदै ओलीले सरकारलाई अर्थतन्त्रको भन्दा पनि सरकार कसरी टिकाउने भन्ने बारे बढी चिन्ता भएको आरोप लगाए । उनले भने, "हामी सरकारसँग पनि कुरा गर्छौ, रास्ट्र बैंकसँग पनि छलफल गर्छौ । रास्ट्र बैंकले बैंकलाई निर्मम साहुजी बनाउने हैन ।"

ओलीले ब्याजदर "रिसनबेल" हुनुपर्ने बताउँदै चर्को ब्याजमा लगानी कसरी गर्ने भन्दै प्रश्न गरे । उनले भने, "चील चील भन्दै कुखुरा चोर्ने खालको सरकार हुन भएन । भ्रष्टाचार निर्मुल पार्छौ भन्दै उल्टै तस्करी गर्ने ।"

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको