सिन्धुलीगढीमा तत्कालीन अंग्रेजी फौजलाई परास्त गरेको दिनको सम्झनामा साेमबार असाेज १५ गते सम्पदा यात्रा गरिएकाे छ । ढुंग्रेभन्ज्याङबाट सुरु भएर पौवा गढी ,सिन्धुलीगढी , टुडिखेल , रानी दरबार हुँदै ५ किलोमिटरको दुरी तय गरिएकाे साे सम्पदा यात्रा सिन्धुली गढीमा सदरमुकाम रहदा देखिको जानकार दिलिप थापाले नेतृव गरेका थिए ।
विश्वमा साम्राज्य विस्तार गर्दै आएको अँग्रेज सेनाले छ दिनअघि आश्विन ९ गते सिन्धुलीमाडीमा कब्जा गरेको थियो । सिन्धुली माडी विजय गरेर गढीतिर उकालो लागेको किनलक नेतृत्वको अँग्रेज फौजलाई गोर्खाली फौजले पौवागढीमा प्रत्याक्रमण गरेको थियो । वंशु गुरुङ नेतृत्वको नेपाली फौजले अंग्रेजी फौजलाइ सिन्धुलीगढीबाट भगाएका थिए, कुल २४०० सेनासहित आएको सो फौजका १६०० सेनाको सोही आक्रमण मृत्यु भएको थियो । थापाले सम्पदा यात्रामा युद्ध भएका ठाउहरु र अँग्रेज सेना पुगेका ठाउ देखाउदै लगेका थिए । जुन ठाउमा अहिले बिपी राजमार्ग छ ।
हाल राजमार्ग काे छेउमा रहेकाे पाैवागढी भन्दा माथि अग्रेज सेना प्रबेश गर्न सकेका थिएनन ।
पाैवागढीमा पुरानाे गेट थियाे । सिन्धुली गढी महत्वपूर्ण नाका र केन्द्रका रुपमा लामाे समय सम्म रहिरहेकाे थियाे । बिक्रम संवत २०१९ सालसम्म जिल्लाका सम्पूर्ण सरकारी कार्यालय सिन्धुली गढी क्षेत्रमानै थिए । २०२२ मा सिन्धुलीगढी दरवारमा सेनाको व्यारेक र प्रहरी चौकी, कारागार मात्र वाँकी रहेर सबै कार्यालयहरु सिन्धुलीमाढीमा सारियो ।
दिलिप थापाले सम्झदै भने गढी चहलपहल थियाे जुन बेला सदरमुकाम थियाे । दहि चिउरा खान पाइन्थाे पाैवागढी उक्लने बित्तिकै । पसलहरु थिए । उनले पसलेका नाम लिदै भने तर अहिले पालीकाले सवै नागरिक इतिहास छाेपेर स्मारक र युद्ध संग्रहलय बनाएकाे छ । पूराना कुरा सवै सम्झनामा मात्र छ । २०२९ सालमा कारागार पनि सिन्धुलीमाढीमा सारियो ।
कृष्ण विक्रम थापाले एउटा गित गाए । त्यस वेला देखि विगतका यादहरुलाई सम्झेर लोकगायक कृष्ण विक्रम थापाले ‘सिन्धुलीगढी घुमेर हेर्दा सुन्तलीमाई कतिमा राम्रो दरवार मार्याे नी मायाले मार्याे गीत गाएका थिए । २०३७ सालमा पहिलाे पटक रेडियो नेपालमा बजेकाे याे गित अहिलेसम्म उत्तिनै महत्व र चर्चा छ । तर लोकगायक कृष्ण विक्रम थापाकाे शालिक तयार भएकाे एक बर्ष भन्दा बढी भै सक्याे अनावरण हुन सकेकाे छैन ।
यस सम्पदा यात्राका आधारमा तयार नक्सालाइ डिजिटलाइज गरिने छ । जुन पद यात्रीका लागि उपयाेगि हुने छन । उमेरले ७८ वर्ष पार गरिसक्नु भएको दिलिप कुमार थापाको सिन्धुलीक धार्मिक , पर्यटकीय तथा एतिहासिक झलक पुस्तक प्रकाशित छ ।
सिन्धुलीगढीको संरक्षण गर्ने जिम्मेवारी लिएको कमलामाई नगरपालिकाले भने गलत मितिमा विजयोत्सव मनाउने गरेको छ । उसले इतिहासलाई बंग्याउने काम गरेको इतिहासविद्हरुले बताउँदै आएका छन् । इतिहासकारहरुसँगको छलफलपछि समृद्ध सिन्धुली अभियानले अंग्रेजलाई परास्त गरेको दिन असोज १५ प्रमाणित भएकाले त्यही दिन बिजयोत्सव मनाउन थालेको हो ।
बिक्रम संवत २०७४ देखि असाेज १५ लाइ नै बिजय उत्सव मनाउन थालिएकाे र अंग्रेजलाई परास्त गरेकै मितिमा बिजयोत्सव मनाउदा तथ्यमा अलमल नहुने समृद्ध सिन्धुली अभियानका अभियन्ता भुबन थापा बताउछन । उनले समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीको प्रबर्धन गर्न विभिन्न कार्यक्रम गर्दै आएको बताउँदै कमलामाई नगरपालिकासँग मिलेर यसको विकासमा सहकार्य गर्न सकिने बताए ।
अभियानले गत बर्ष सिन्धुलीगढी चित्रकथा अंग्रजी र नेपाली संस्करण सार्वजनिक गरेकाे थियाे भने सिन्धुलीगढीको प्रबर्धन गर्न पर्यटन बोर्डसँग मिलेर काठमाडौंलगायत देशका विभिन्न स्थानमा तस्बिर प्रदर्शनी फोटो सिन्धुली आयोजना गरेको छ। यसैगरी सिन्धुलीका दुई वटा ऐतिहासिक गढीहरु हरिहरपुर गढी र सिन्धुलीगढी जोड्ने पदमार्ग निर्माणको कामको पनि अभियानले थालनी गरेको थियो । अभियानले पहिलो खण्ड हरिहरपुरगढीको घण्टेदेखि मरिण गाउँपालिकाको सीमाना सेपाहासम्म पदमार्ग निर्माण सम्पन्न गरेको छ। पृथ्वीनारायण साहकी पत्नी इन्द्रकुमारीले घन्ट चढाएको घण्टेस्थित महादेवको मन्दिरबाट पदमार्ग निर्माण गरिएको हो। यस्तै काभ्रेको नमोबुद्धदेखि ऐतिहासिक सिन्धुलीगढीहुँदै सिन्धुलीकै फिक्कलसम्म महाभारतडाँडैडाँडा पदमार्गको पनि अभियानले अध्ययन गरेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस