Like us!
Follow us!
Connect us!
Watch us!

गभर्नर अधिकारीको दस्तखतसहित २० रुपैयाँको नयाँ नोट आजदेखि चल्तीमा

अर्थ संसार

शुक्रबार, १९ असोज २०८०, ०९ : ३२ मा प्रकाशित

गभर्नर अधिकारीको दस्तखतसहित २० रुपैयाँको नयाँ नोट आजदेखि चल्तीमा

नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीको दस्तखतसहितको नयाँ २० रुपैयाँको नोट असोज १९ गतेदेखि चल्तीमा आउने भएको छ ।

राष्ट्र बैंकले साबिककै आकार तथा रङमा संकेत नम्बर ठ–८७ ०००००१ देखि त–१८ ९९९९९९ सम्म गरि २० करोड बराबरको २० रुपैयाँ दरका नयाँ नोट बजारमा ल्याएको हो । उक्त नोटको अग्रभागमा बाँयातर्फ सगरमाथाको चित्र छ भने दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ । यसैगरी नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा "२०७९" लेखिएको छ ।

नोटको पृष्ठ भागको मध्यमा दुई बार्हसिङ्गेको चित्र रहेको छ भने मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा "नेपाल राष्ट्र बैंक" लेखिएको छ । नोटको तल्लो भागमा अंग्रेजीमा "rupees twenty" लेखिएको छ भने तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर अंग्रेजीमा "२०२३" लेखिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको