Like us!
Follow us!
Connect us!
Watch us!

सागर डिष्टिलरीको "नेप्से बुल" सार्वजनिक, अब सुखको साथ नेप्से बुलको स्वाद

अर्थ संसार

शनिबार, २० असोज २०८०, १० : १० मा प्रकाशित

सागर डिष्टिलरीको "नेप्से बुल" सार्वजनिक, अब सुखको साथ नेप्से बुलको स्वाद

सागर डिष्टिलरीले बजारमा नयाँ ह्विक्सी सार्वजनिक गरेको छ। ह्विक्सीलाई  ‘नेप्से बुल’ दिएको छ। शुक्रबार दरबारमार्गमा आयोजित एक विशेष समारोहका बीच सागर डिष्टिलरीका अध्यक्ष सन्दीप जलानले ‘नेप्से बुल’ माल्ट ह्वीस्की सार्वजनिक गरेका हुन् ।
 
मदिरा पारखीहरूको लागि नयाँ टेस्टसहितको नेपाली ब्राण्डको मदिराले सुखको साथ नेप्से बुलको स्वाद हुने डिस्टिलरीले विश्वास लिएको छ। 

नेप्से बुल ह्विक्सी ७५० मिलिलिटर प्याकमा उपलब्ध हुनेछ । नेप्से बुलको एक बोतलको मूल्य चार हजार नौ सय राखिएको छ भने  एक केसको मूल्य भने ५८ हजार ८ सय पर्ने कम्पनीले जनाएको छ । १२ वटा बोतलको एक केस  हुनेछ।

अहिले सार्वजनिक गरिएको  सुनौलो रंगको बोतल बन्द ‘नेप्से बुल’ सिमित संस्करण मात्र रहेको कम्पनीले जानकारी दिएको छ।

सागर डिस्टीलरीकै  उत्पादन रोयल ब्लु ह्विस्की अहिले बजारमा स्थापित भइसकेको छ । तेस्तै डिस्टीलरीको ग्रे उल्फ भोड्का र बेरीज व्लु जीन पनि बजारमा उपलब्ध छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको