नेपाल राष्ट्र बैंकले यो वर्ष नयाँ नोट सटही सुविधा असोज २९ गते देखि प्रदान गर्ने भएको छ ।
बैंकले आज एक सूचना जारी गर्दै असोज २९ गतेदेखि काठमाडौँ उपत्यकाभित्र नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग र यस बैंकबाट इजाजतपत्रप्राप्त वाणिज्य बैंकहरुका तोकिएका शाखा कार्यालयहरुमार्फत् नयाँ नोट सटहीको सुविधा प्रदान गरिने जनाएको हो ।
यसैगरी काठमाडौँ उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको कार्यालयमध्ये पायक पर्ने स्थानमा गई नोट सटहीको सुविधा लिन सूचनामा उल्लेख गरिएको छ ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा यसपटक क्यूआर मार्फत पनि सटहीका लागि भुक्तानी गर्ने सुविधा उलब्ध गराइएको बैंकले जनाएको छ । विगतका वर्षमा झै यस पटक पनि प्रति व्यक्ति साढे १८ हजार रुपैयाँसम्म नयाँ साट्न पाइनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस