Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकद्वारा स्ट्रेस टेस्टिङ निर्देशिका, २०२३ जारी

अर्थ संसार

बुधबार, २४ असोज २०८०, १३ : ०६ मा प्रकाशित

राष्ट्र बैंकद्वारा स्ट्रेस टेस्टिङ निर्देशिका, २०२३ जारी

नेपाल राष्ट्र बैंकले स्ट्रेस टेस्टिङ निर्देशिका, २०२३ जारी गरेको छ ।

राष्ट्र बैंकका अनुसार इजाजतप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था तथा पूर्वाधार विकास बैंकलाई लागू हुने गरि उक्त निर्देशिका जारी गरेको हो । बैंकले स्ट्रेस टेस्टिङ निर्देशिका २०१२ लाई प्रतिस्थापन गरि स्ट्रेस टेस्टिङ निर्देशिका २०२३ प्रयोगमा ल्याएको हो । जोखिम व्यवस्थापनको महत्वपूर्ण यन्त्र मानिने स्ट्रेस टेस्टबाट भविष्यमा हुन सक्ने प्रतिकूल परिस्थितिहरूमा बैंक तथा वित्तीय संस्थाको प्रतिरोध क्षमता जाँच्ने गरिन्छ ।

बैंक तनाव परीक्षणमा काल्पनिक परिस्थितिको सिर्जना गरेर वित्तीय संस्थाले त्यस्तो अवस्था झेल्न पुँजी पर्याप्तता छ कि छैन भनेर परीक्षण गर्नेछ । परीक्षणमा निकै गम्भीर मन्दी वा वित्तीय बजार दुर्घटना जस्ता परिस्थितिको सिर्जना गर्ने गरिन्छ । सन् २००८ को वित्तीय संकट पछि वित्तीय संस्थाको स्ट्रेस टेस्टिङ विश्वभरी नै व्यापक गरिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको