Like us!
Follow us!
Connect us!
Watch us!

एनआरएन इन्फ्रास्ट्रक्चरले डाक्यो वार्षिक साधारणसभा, लाभांशको छैन व्यवस्था

अर्थ संसार

विहीबार, २५ असोज २०८०, १२ : ४१ मा प्रकाशित

एनआरएन इन्फ्रास्ट्रक्चरले डाक्यो वार्षिक साधारणसभा, लाभांशको छैन व्यवस्था

एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले आर्थिक वर्ष २०७९/८० का लागि साधारणसभा आव्हान गरेको छ ।

कम्पनीको सञ्चालक समितिको असोज १४ गतेको बैठकले कार्तिक १७ गतेका लागि साधारण सभा आव्हान गरेको हो । काठमाडौंको थिरबम सडकस्थित आम्रपाली ब्याङ्क्वेटमा साधारण सभा सञ्चालन हुने जनाइएको छ । कम्पनीले साधारणसभा प्रयोजनार्थ असोज ३० गते एक दिनका लागि बुक क्लोज गर्ने जनाएको छ ।

साधारणसभामा वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण गर्ने, रिक्त सञ्चालक पदमा सञ्चालक समितिबाट भएको नियुक्ती अनुमोदन गर्ने लगायत साधारण प्रस्ताव रहेका छन् । यसैगरी कम्पनीको प्रबन्धपत्रको दफा र नियमावली संसोधन गर्ने विशेष प्रस्ताव रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको