Like us!
Follow us!
Connect us!
Watch us!

नबिल ब्यालेन्स्ड फन्ड २ को बोनस पछि मूल्य समायोजन

अर्थ संसार

विहीबार, २५ असोज २०८०, १७ : २२ मा प्रकाशित

नबिल ब्यालेन्स्ड फन्ड २ को बोनस पछि मूल्य समायोजन


नबिल ब्यालेन्स्ड फन्ड २ ले घोषणा गरेको ९.६ प्रतिशत नगद लाभांश अनुसार मूल्य समायोजन भएको छ । नयाँ समायोजित मूल्य अनुसार अब आगामी कारोबार हुने दिन उक्त योजनाको प्रतिइकाई मूल्य ८.३८ रुपैयाँमा कारोबार खुल्नेछ । आज उक्त फन्डको प्रति एकाई ९.३४ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

नबिल बैंक लिमिटेड कोष प्रबर्द्धक रहेको तथा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड योजना व्यवस्थापक एवम् डिपोजिटरी रही नबिल म्युचुअल फन्ड अन्तर्गत सञ्चालनमा रहेको उक्त सामूहिक लगानी योजनाले आफ्ना एकाईधनीहरुलाई करसहित ९.६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको थियो । योजनाले नगद लाभांश वितरणका लागि असोज २६ गते भोलि एकदिन बुकक्लोज गर्ने जनाएको छ ।

असोज ११ गते बसेको योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले दस करोड पचहत्तर लाख २० हजार रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको थियो । असोज २६ गते अघिसम्म एकाईधनी रहेका लगानीकर्ताले उक्त लाभांश प्राप्त गर्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको