Like us!
Follow us!
Connect us!
Watch us!

झुत्रा मैला नोट सटही गर्न सकिन्छ : राष्ट्रबैंक

अर्थ संसार

मंगलबार, ३० असोज २०८०, १० : ५९ मा प्रकाशित

झुत्रा मैला नोट सटही गर्न सकिन्छ : राष्ट्रबैंक

नेपाल राष्ट्रबैंकले आज एक सन्देश जारी गर्दै झुत्रा मैला नोट सटही गर्न सकिने बताएको छ ।

बैंकले नोट सभ्यताको पहिचान भएको भन्दै नोटलाई जतनसाथ प्रयोग गर्नुपर्ने पनि बताएको छ । सफा र सुकिला बैंकनोट मात्र चलनचल्तीमा आउन् भन्ने उद्देश्यले राष्ट्र बैंकले सफा नोट प्रयोग गर्ने नीति लिएको उल्लेख गर्दै नोटको जतन गर्न बैंकले सर्वसाधारणलाई सुचित गरेको छ । यसो गर्दा नोट लामो समय टिक्नुको साथै किटाणुबाट सर्ने रोगको जोखिम कम हुने र झुत्रा तथा च्यातिएका नोटबाट हुने हैरानी व्यहोर्नु नपर्ने बैंकले जनाएको छ ।

नोटको प्रयोग गर्दा नखुम्च्याउने, पर्समा मिलाएर राख्ने, नकोर्ने, पानीबाट भिज्न नदिने, पूजाआजामा अक्षता, अबिर, धूप, बत्ती तथा आगोबाट जोगाउने र जथाभावी रङ वा तेल नलाग्ने गरी नोटको जतन गर्नु पर्ने बैंकले उल्लेख गरेको छ ।

बैंक तथा वित्तीय संस्थाबाट नगद बुझिलिँदा वा नगद कारोबार गर्दा कुत्रिका, मक्किएका, च्यातिएका, गलेका, लुलो भएका, नक्कली सक्कली छुट्टिने सुरक्षण विशेषताहरु पहिल्याउन गाह्रो हुने, रङ पोतिएका वा लेखिएका वा कोरिएका, प्वाल पारिएका वा च्यातिएका नोट नलिई सफा र सुकिला नोटका लागि अनुरोध गर्न पनि बैंकले सुझाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको