Like us!
Follow us!
Connect us!
Watch us!

मनकामना केबलकार आजबाट सुचारु

अर्थ संसार

विहीबार, ०९ कार्तिक २०८०, १२ : ०४ मा प्रकाशित

मनकामना केबलकार आजबाट सुचारु

दशैँ बिदाका लागि तीन दिन बन्द भएको मनकामना केबलकार सेवा आज बिहीबारदेखि सुचारु भएको छ ।

दशैँको अवसरमा मनकामना केबलकारले महानवमी, दशमी र एकादशी गरि तीन दिनसम्म सेवा बन्द गरेको थियो । नेपालकै पहिलो केबलकार सेवा मनकामना केबलकारले आजदेखि सेवा सुचारु रहेको जानकारी दिएको हो । मनकामना दर्शन प्रा. लि.द्वारा सञ्चालित ३.०२ किलोमिटर लामो यस केबलकार चढी भक्तजनहरू चितवन जिल्लाको कुरिनटार चेरेसबाट गोरखा जिल्लाको मनकामना मन्दिर पुग्न सकिन्छ ।

यस केबलकार वि.सं २०५५ मंसिर ८ गतेदेखि सञ्चालनमा आएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको