Like us!
Follow us!
Connect us!
Watch us!

मुद्रास्फीति नियन्त्रणका लागि आन्तरिक उत्पादन, आन्तरिक उत्पादनका लागि पुँजीबजार

रोशन श्रेष्ठ

अर्थ संसार

सोमबार, १३ कार्तिक २०८०, ०८ : २३ मा प्रकाशित

मुद्रास्फीति नियन्त्रणका लागि आन्तरिक उत्पादन, आन्तरिक उत्पादनका लागि पुँजीबजार

मौद्रिक नीतिको एक प्रमुख अस्त्र ब्याजदरलाई विश्वभरका राष्ट्रबैंकहरुले मुद्रास्फीति नियन्त्रण गर्नका लागि चलाउने गर्दछन् । जब उच्च मुद्रास्फीति हुने गर्दछ पैसाको सप्लाई नियन्त्रणमा राख्न राष्ट्रबैंकले ब्याजदर बढाउने गर्छन् । त्यस विपरीत जब अपस्फीति हुन्छ तब अर्थतन्त्रमा स्टिमुलस जगाउन राष्ट्रबैंकले ब्याजदर घटाउने गर्दछ ।

अस्वस्थ मुद्रास्फीति वा अपस्फीति दुवै अर्थतन्त्रका लागि घातक रहन्छ । तर अल्प विकसित अर्थतन्त्रमा मुद्रास्फीति नै प्रमुख समस्या रहने गर्छ । देशमा आर्थिक समस्या आउछ तब मुद्रास्फीति बढ्छ ।वस्तुको मुल्य बढ्छ, जनताको बचत घट्छ। वस्तुको मुल्यमा वृद्धि भए पछि व्यवसायीको नाफादर वृद्धि हुन्छ तर वस्तु महङ्गो भएकोले जनताले खरिद गर्न सक्दैनन् र बिक्रि दर घट्छ। अधिकांश ऋण व्यवसायीले नै लिने गर्दछन्, व्याजमा वृद्धि, करमा वृद्धि गरे पछि खर्च बढ्छ, वस्तुको मुल्य नबढाइ हुदैन, तर बिक्री नभए पछि व्यापार घट्छ। आम्दानीको मुख्य स्रोत नै व्यापार हो त्यो नै कम हुदै गए पछि ऋण तिर्न सक्दैन, कर तिर्न सक्दैनन् र व्यवसाय बन्द गर्नु पर्ने अवस्था आउछ। उद्योग बन्द भए पछि वस्तुको पुर्ति९कगउउथि० घट्छ यसले गर्दा माग र मुल्य झन बढ्न पुग्छ, यसलाई नियन्त्रण गर्न आयात बढ्छ देशको धन विदेश जान्छ।

अब व्याज र कर बढाएर सरकारले मुद्रास्फीति कम गर्न सक्दैन। छोटो समयको लागि कम गरे तापनि दीर्घकालिन अवस्थाको लागि भने यो उपयुक्त हुदैन। यसले देशको अर्थतन्त्र झन खस्काउने काम गर्छ। देशमा बसेर ऋण तिर्न नसकेर व्यापार बन्द गरि मानिसको विदेश पलायन व्यापक हुन जान्छ । देशको जनशक्ति पलायन यसको सबैभन्दा नकरात्मक पक्ष हो।

यहाँ मुद्रास्फीति कम गर्न सरकारसँगै जनताको भुमिका उत्तिकै महत्त्वपूर्ण हुन्छ। देशको अर्थतन्त्र तल माथि त भै रहन्छ तर यसको खास प्रभाव जनताले कसरी लिन्छन् त्यसमा भर पर्छ। श्रीमती बिरामी भएको बेला बाल बच्चाको ख्याल गर्नु, श्रीमतीको ख्याल गर्नु र हस्पिटल लैजानुको सट्टा बिरामी भयो भनेर छोडेर जादाँ परिवार र श्रीमतीको हालत झनै बिग्रदै जान्छ। देशसँग पनि यही नियम लागु हुन्छ, देशको हालत र अवस्थासँग लडेर समस्याको हल निकाल्न सक्नु पर्छ। यसमा सरकारले पनि केही सहयोग गर्नु पर्छ। 

मुद्रास्फीति कम गर्नको लागि मुख्य रूपमा गर्नु पर्ने काम भनेको आन्तरिक उत्पादनमा जोड दिनु नै हो। जब देश भित्र उत्पादन वृद्धि हुन्छ तब वस्तुको पुर्ति बढ्छ, र मुल्य कम हुन्छ,। यसले वस्तु निर्यात पनि गर्न सकिन्छ र विदेशी मुद्रा आर्जन गर्न सकिन्छ। यसको लागि सरकारले गर्ने काम भनेको जन चेतना जगाउनु, उत्पादनमा जोड दिन विभिन्न सहुलियत प्रदान गर्नु, अनुत्पादक क्षेत्रको ब्याजमा वृद्धि गर्नु तर उत्पादन क्षेत्रको ऋणको ब्याज वृद्धि नगर्नु, सरकारी खर्च कम गर्नु, अनुदानमा पैसा भन्दा सिप दान दिनु र स्वरोजगार गर्न सिकाउनु,विशेष चासो भनेको आन्तरिक उत्पादनमा जोड दिनु हो। यसले देशको दीर्घकालिन मुद्रास्फीति कम गर्ने छ र स्वरोजगार वृद्धि गर्ने गर्छ। यही नै हो मुद्रास्फीति कम गर्ने एउटा वास्तविक उपाय यसको लागि औद्योगीकरण उत्पादनमा बढी ध्यान दिनु पर्छ।

यसरी मुद्रास्फीति र खस्कदो अर्थतन्त्रको निरन्तर चक्र तोड्न पुँजीबजारको पनि खास महत्व रहने गर्दछ । जब अर्थतन्त्रको अवस्था देखेर उद्योगधन्दा खोल्न उद्दमीहरु ऋण लिन आँट गर्न सक्दैनन् तब पुँजीबजारले नै सस्तोमा स्वपुँजी जुटाएर लगानीको अवस्था सिर्जना गरिदिन सक्छ । एक्लै ठूला ठूला योजनाका लागि लगानी जुटाउने अवस्था नहुँदा पुँजीबजार नै त्यसको समाधान बन्नसक्छ । नेपालको हकमा पुँजीबजारले एक वैकल्पिक अर्थतन्त्रको विकास गर्न लागेको धेरै समय भइसकेको छ । हामीले कम ध्यान दिँदा दिँदै पनि हामी विश्वकै सबैभन्दा महत्वपूर्ण एवम् प्रमुख प्रडक्ट उर्जा उत्पादनमा धेरै अघि बढिसकेका छौ । 

स्वच्छ उर्जाकै उत्पादनबाट हामीले वैकल्पिक अर्थतन्त्रको जग हालिसकेका छौ जो भविष्यमा अझ मजबुत हुँदै जानेछ । हाम्रा छिमेकी भारत र चीन जोसँग वस्तु उत्पादनमा अतूल्य स्केल, न्यून लागतजस्ता फाइदाहरु छन् त्यससँग प्रतिस्पर्धा गर्न त के नजिक पुग्नसमेत हाम्रा उत्पादनलाई हम्मेहम्मे हुने वातावरणमा हामी खोज्नु पर्ने यस्तै वैकल्पिक उत्पादनहरु नै हुन् । हामीले पर्यटन, सेवाक्षेत्र र प्रविधिलाई नै हाम्रो अर्थतन्त्रको आधार बनाउनुपर्छ जससँग हामीले हाम्रा लागि अत्यावश्यक वस्तुहरु बार्टर गर्न सक्नेछौ । यसका अलावा देशलाई पुग्ने कृषिजन्य वस्तु उत्पादन गर्न सके उर्जा, पर्यटन र प्रविधिको सङ्गमयुक्त विकासले हाम्रो देशलाई नयाँ युगमा दोहोर्याउन खासै कठिन भने देखिदैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको