Like us!
Follow us!
Connect us!
Watch us!

विश्वकप छनोटको पहिलो खेलमा सिङ्गापुरविरुद्ध नेपालको सहज जीत

अर्थ संसार

सोमबार, १३ कार्तिक २०८०, १२ : ०३ मा प्रकाशित

विश्वकप छनोटको पहिलो खेलमा सिङ्गापुरविरुद्ध नेपालको सहज जीत

आईसीसी टि-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटअन्तर्गत आज भएको आफ्नो पहिलो खेलमा नेपालले सिङ्गापुरलाई सजिलै ९ विकेटले पराजित गरेको छ ।

खेलमा टस जितेको सिङ्गापुरले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४५ रनको योगफल खडा गरेको थियो । सिङ्गापुरका लागि रोहन रङ्गराजनले ४६, आर्यवीर चौधरीले ३७ र मनप्रीत सिंहले २४ रन बनाए । बलिङतर्फ नेपालका अविनाश बोहोराले ३ विकेट लिँदा करन केसी, सन्दीप लामिछाने र गुल्सन झाले २-२ विकेट लिए ।

प्रति उत्तरमा एक सय ४६ रनको लक्ष्य नेपाली टोलीले १७ औं ओभरमा दुई विकेटको क्षतिमा हासिल गर्यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ७४ रन बनाउँदा कप्तान रोहित पौडेलले ३५ र आसिफ सेखले २७ रन बनाए । सिङ्गापुरका अनन्थ कृष्ण र अक्षय पुरीले एक-एक विकेट लिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको