Like us!
Follow us!
Connect us!
Watch us!

अस्ट्रेलिया र इयुबीच हुन सकेन खुला व्यापार सम्झौता, सम्झौता वर्षौ पछि धकेलिएको अस्ट्रेलियन मन्त्रीको टिप्पणी

अर्थ संसार

सोमबार, १३ कार्तिक २०८०, १३ : ३० मा प्रकाशित

अस्ट्रेलिया र इयुबीच हुन सकेन खुला व्यापार सम्झौता, सम्झौता वर्षौ पछि धकेलिएको अस्ट्रेलियन मन्त्रीको टिप्पणी

अस्ट्रेलिया र इयुबीच सन् २०१८ देखि नै प्रयास थालिएको खुला व्यापार सम्झौता वर्षौ पछि धकेलिएको अस्ट्रेलियाका व्यापार मन्त्रीले टिप्पणी गरेका छन् ।

अस्ट्रेलियाले इयुको प्रस्ताव अस्वीकार गरेसँगै दुईबीच हुने भनिएको व्यापार सम्झौता अब लामो समयसम्मका लागि अनिश्चित बनेको हो । अस्ट्रेलियाले देशको कृषि उत्पादन इयुका देशमा निर्यात गर्ने तथा इयुले अस्ट्रेलियाको बहुमूल्य खनिज उद्योगमा पहुँच बढाउने उद्देश्यका साथ सम्झौता गर्न प्रयासरत रहेका थिए । तर जापानको ओशाकामा अस्ट्रेलियन व्यापार मन्त्री डन फरेल र उनका इयु समकक्षी भाल्डेस डोम्ब्रोभ्सकिसबीच भएको वार्ता उपलब्धिजनक नहुँदा सम्झौता हुन नसकेको हो ।

असफल वार्तापछि फरेलले आफू ओसाका बैठकमा सम्झौतालाई अन्तिम रुप दिने उद्देश्यका साथ आएको उल्लेख गर्दै अब कुनै दिन सम्झौता हुने बारे आफू आशावादी रहेको बताए । अस्ट्रेलियन कृषिमन्त्री मुर्रे वाटले भने इयुले सम्झौताको केही समय अघि प्रस्तावमा केही परिवर्तनहरु गरेको बताए । उनले प्रस्तावमा गरिएको परिवर्तनहरुपछि सम्झौता अस्ट्रेलियाको हितमा रहेको बारे विश्वास गर्न कठिन लागेको पनि उल्लेख गरे ।

सम्झौता हुन नसकेकोमा अस्ट्रेलियाको फार्म उद्योग समूहले भने सरकारलाई धन्यवाद व्यक्त गरेको छ । सम्झौताले त्यहाँका कृषकलाई बसको मुनि पुर्याउने बताउँदै समूहले युरोपियनहरुले व्यवसायिक रुपमा अर्थपूर्ण कुनै पनि प्रस्ताव वार्तामा राख्न नसकेको आरोप लगाए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको