Like us!
Follow us!
Connect us!
Watch us!

तिहारका अवसरमा सुनका असर्फी र चाँदीका सिक्का बेच्दै राष्ट्र बैंक

अर्थ संसार

बुधबार, १५ कार्तिक २०८०, १५ : ४१ मा प्रकाशित

तिहारका अवसरमा सुनका असर्फी र चाँदीका सिक्का बेच्दै राष्ट्र बैंक

तिहारका अवसरमा नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्ने भएको छ ।

महाशाखाले कात्तिक १९ गतेदेखि २४ गतेसम्म सुनका असर्फी र चाँदीको सिक्का बिक्री गर्ने भएको हो । राष्ट्र बैंकका अनुसार प्रति व्यक्ति एक सेट सुनको असर्फी र चाँदीमा सिक्का एक सेट खरिद गर्न सकिनेछ । एक सेट असर्फीमा १० ग्राम, ५ ग्राम र २.५ ग्रामका असर्फी हुनेछन् भने एक सेट चाँदीका सिक्कामा गाईअङ्कित २५ ग्रामको एउटा, गाईअङ्कित १० ग्रामको एउटा, लक्ष्मीअङ्कित १० ग्रामको एउटा, गणेशअङ्कित १० ग्रामको एउटा र गजलक्ष्मीअङ्कित १० ग्रामको एउटा सिक्का हुनेछन् ।

असर्फी र सिक्का खरिद गर्न नगद वा क्युआर मार्फत भुक्तानी गर्न सकिने बैंकले जनाएको छ । सुनको असर्फीको मूल्य हरेक दिन बिहान ११ बजे प्रकाशित हुने पनि बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको