Like us!
Follow us!
Connect us!
Watch us!

विवेक यादवको शानदार प्रदर्शनका बाबजुद ओमानसँग हार्यो नेपाल

अर्थ संसार

विहीबार, १६ कार्तिक २०८०, १२ : ३७ मा प्रकाशित

विवेक यादवको शानदार प्रदर्शनका बाबजुद ओमानसँग हार्यो नेपाल

टि-२० विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित भएको छ ।

रोमाञ्चक खेलको अन्तिम २ ओभरमा ४१ रन बनाउने पर्ने अवस्थामा करन केसी र विवेक यादवले शानदार ब्याटिङ गर्दै टोलीलाई जीत नजिक पुर्याए पनि बिलाल खानले अन्तिम ओभरको अन्तिम तीन बलमा दुई विकेट लिँदै ओमानलाई जितसम्म दोहोर्याएका थिए । खेलमा टस जितेको नेपालले फिल्डिङ गर्ने निर्णय गरेको थियो । सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा १६ रन मात्र खर्चेर दुई विकेट लिएपछि ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४५ रन बनायो ।

१ सय ४५ रनको लक्ष्य पछ्याएको नेपाल १ सय ४० रनमा अलआउट हुनपुग्यो । नेपालका विवेक यादवले सर्वाधिक ३९ रन बनाउँदा कुशल भुर्तेलले २६ र करन केसीले १५ रनको योगदान दिए । बलिङतर्फ ओमानका बिलाल खानले ३ विकेट लिए ।

हारका बाबजुद नेपाल प्रतियोगिताको सेमिफाइनलमा भने प्रवेश गरिसकेको छ । ओमान पनि समूह विजेता बन्दै सेमिफाइनल पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको