Like us!
Follow us!
Connect us!
Watch us!

बहराइनलाई १० विकेटले हराउँदै ओमान टी-२० विश्वकपमा छनोट

अर्थ संसार

शुक्रबार, १७ कार्तिक २०८०, १३ : ५० मा प्रकाशित

बहराइनलाई १० विकेटले हराउँदै ओमान टी-२० विश्वकपमा छनोट

आइसिसि टी–२० विश्वकपअन्तर्गत एसिया छनोटको सेमिफाइनलमा बहराइनलाई १० विकेटले हराउँदै ओमान विश्वकपमा छनोट भएको छ ।

काठमाडौंको त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय खेलमैदानमा भएको खेलमा बहराइनले टस जित्दै ब्याटिङको निर्णय गरेको थियो । तर ओमानको उत्कृष्ट बलिङ प्रदर्शन पछि बहराइन निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा एक सय ६ रनमा सीमित हुनपुग्यो । बहराइनका इमरान अलिले ३०, अहमर नासिरले २६ तथा सर्फराज अलिले २३ रन बनाए । ओमानका आकिब इलियसले चार विकेट लिए ।

प्रतिउत्तरमा एक सय सात रनको लक्ष्य ओमानले कुनै विकेट नगुमाई १४.२ ओभरमै पूरा गर्यो । ओमानका लागि कश्यप प्रजापतिले ५७ तथा प्रतीक अथाभलेले ५० रनको योगदान दिए । जीतसँगै ओमान सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपमा छनोट भएको छ । छनोटको फाइनलमा अब ओमानले नेपाल र युएईको विजेतासँग खेल्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको