Like us!
Follow us!
Connect us!
Watch us!

एक दशकपछि टी-२० विश्वकपमा छनोट भयो नेपाल, युएई आठ विकेटले पराजित

अर्थ संसार

शुक्रबार, १७ कार्तिक २०८०, १४ : ०५ मा प्रकाशित

एक दशकपछि टी-२० विश्वकपमा छनोट भयो नेपाल, युएई आठ विकेटले पराजित

आइसिसि टी–२० विश्वकपअन्तर्गत एसिया छनोटको सेमिफाइनलमा युएईलाई हराउँदै नेपाल विश्वकपमा छनोट भएको छ ।

आज मुलपानीस्थित खेलमैदानमा वरपर जम्मा भएका करिब ३५ हजार दर्शकबीच नेपालले युएईलाई आठ विकेटले पराजित गरेको हो । खेलमा टस हारेर पहिले बलिङ गरेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै युएईलाई निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३४ रनमा सीमित गर्न सफल भयो । युएईका लागि भृत्य अरिवन्दले सर्वाधिक ६४ रन बनाउँदा मोहम्मद वसिमले २६ रन बनाए । युएईका लागि अलिशान सराफूको १६ र आसिफ खानको १३ बाहेक अन्य खेलाडीले दोहोरो रनको योगदान दिन सकेनन् ।

बलिङतर्फ नेपालका लागि कुशल मल्लले तीन र सन्दीप लामिछानेले दुई विकेट लिन सफल रहे । सोमपाल कामी र रोहित पौडेलले १-१ विकेट लिए । एक सय ३५ रनको लक्ष्य पछ्याएको नेपालले कुशल भुर्तेललाई सस्तैमा गुमायो । भुर्तेल व्यक्तिगत ११ रन बनाएर निलान्स केस्वानीको बलमा मोहम्मद वसिमको हातबाट क्याचआउट हुन पुगे । तेस्रो नम्बरमा आएका गुल्सन झा २२ रनमा बासिल हमिदको बलमा बोल्ड हुनुपूर्व ओपनर आसिफ सेखसँग ४१ रनको साझेदारी गरे । आसिफ सेखले व्यक्तिगत ६४ रन बनाए भने कप्तान रोहित पौडेलले ३४ रनको योगदान दिए । 

जीतसँगै नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपमा छनोट भएको छ । नेपालले यसअघि सन् २०१४ को विश्वकप खेलेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको