Like us!
Follow us!
Connect us!
Watch us!

एसिया क्वालिफायरको फाइनलमा नेपालले ओमानलाई दियो एक सय ८५ रनको लक्ष्य

अर्थ संसार

आइतबार, १९ कार्तिक २०८०, १२ : ४२ मा प्रकाशित

एसिया क्वालिफायरको फाइनलमा नेपालले ओमानलाई दियो एक सय ८५ रनको लक्ष्य

टि-२० विश्वकप एसिया छनोटअन्तर्गत आज हुँदै गरेको फाइनल खेलमा नेपालले ओमानलाई एक सय ८५ रनको लक्ष्य पेश गरेको छ ।

खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले शुरुवात भने खराब गर्यो । टिमको १५ रनमै पहिलो विकेट गुमाएको नेपालले १० ओभरको समाप्तिमा चार विकेट गुमाउँदै ६० रन मात्र बनाएको थियो । तर पछिल्लो १० ओभरमा भने शानदार कमब्याक गर्दै टोलीले १ सय २४ रन जोड्न सफल भयो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ३१  रन बनाउँदा कप्तान रोहित पौडेलले ५२ र करन केसीले २० रन बनाए । यसैगरी नेपालका गुल्सन झाले २५ बलमै ५४ रनको बेजोड पारी खेले ।

बलिङतर्फ ओमानका बिलाल खानले ३ तथा अकिब इल्यासले २ विकेट लिए । एक सय ८५ रनको लक्ष्य पछ्याउँदै ओमानले केही क्षणमा जवाफी ब्याटिङ गर्नेछ । दुवै टोली २०२४ को टि-२० विश्वकपमा भने छनोट भइसकेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको