Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकको डेपुटी सिइओमा पोखरेल

अर्थ संसार

सोमबार, २० कार्तिक २०८०, १२ : १४ मा प्रकाशित

ग्लोबल आइएमई बैंकको डेपुटी सिइओमा पोखरेल

ग्लोबल आइएमई बैंकको डेपुटी सिइओमा सुमन पोखरेल नियुक्त भएका छन् ।

बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले पोखरेललाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । आइएमई ग्रुपको सिइओ भएर १२ वर्ष काम गरेका पोखरेल पछिल्लो समय ग्रुपको भाइस प्रेसिडेन्टका रुपमा कार्यारत थिए । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका पोखरेलसँग ग्लोबल आएमई बैंक, एभरेस्ट बैंकमा दुई  दशकसम्म काम गरेको अनुभव छ । उनैको नेतृत्वमा आएमई रेमिट देशकै प्रमुख रेमिटेन्स कम्पनी बनेको थियो ।

नेपाल रेमिटर्स एसोसिएसनको अध्यक्ष रहिसकेका पोखरेल हाल स्मार्ट चोइस टेक्नोलोजीका अध्यक्ष रहेका छन् । यसैगरी आइएमई लिमिटेड, डिसमिडिया नेटवर्क, आइएमई मोटर्स, आइएमई डिजिटल सोलुसन्स, अध्यान्त कोष व्यवस्थापक लिमिटेडलगायत कम्पनीको सञ्चालक समितिमा पनि पोखरेल रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको