Like us!
Follow us!
Connect us!
Watch us!

सञ्चालन आम्दानी कै हाराहारीमा इम्पेरमेन्ट चार्ज पुग्दा फर्वार्ड लघुवित्तको कमजोर पहिलो त्रैमासिक रिपोर्ट

अर्थ संसार

सोमबार, ०४ मंसिर २०८०, १७ : १४ मा प्रकाशित

सञ्चालन आम्दानी कै हाराहारीमा इम्पेरमेन्ट चार्ज पुग्दा फर्वार्ड लघुवित्तको कमजोर पहिलो त्रैमासिक रिपोर्ट

फर्वार्ड लघुवित्तले आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । इम्पेरमेन्ट चार्जमा भारी वृद्धि हुँदा कम्पनीको इपिएस नराम्ररी प्रभावित भएको छ ।

खुद नाफा/घाटा - अघिल्लो त्रैमासमा नाफामा रहेको लघुवित्त यस त्रैमासमा ठूलो घाटामा गएको छ । यस त्रैमासमा लघुवित्तको खुद घाटा ११ करोड ९ लाख रुपैयाँ पुगेको छ जुन अघिल्लो त्रैमासमा ६ करोड ५२ लाख रुपैयाँ नाफामा रहेको थियो ।

खुद ब्याज आम्दानी - पहिलो त्रैमास सम्ममा बैंकले २६ करोड ९५ लाख रुपैयाँ खूद ब्याज आम्दानी गरेको छ जुन अघिल्लो त्रैमासमा २९ करोड ५५ लाख रहेको थियो । यो करिब ८.८ प्रतिशतको गिरावट हो ।

सञ्चालन मुनाफा - पहिलो त्रैमाससम्म बैंकको सञ्चालन मुनाफा १ करोड ११ लाख रुपैयाँ पुगेको छ जुन गत त्रैमासमा २५ करोड ४० लाख रुपैयाँ रहेको थियो । सञ्चालन मुनाफा करिब ९५.६१ प्रतिशतले घटेको हो ।

वितरणयोग्य मुनाफा : ११ करोड ९ लाख रुपैयाँले ऋणात्मक

खराब कर्जा अनुपात : अघिल्लो वर्षको २.६ प्रतिशत रहेको खराब कर्जाको अनुपात यो वर्ष बढेर ६.२५ प्रतिशत  पुगेको छ।

इम्पेरमेन्ट चार्ज : पहिलो त्रैमासिकमा इम्पेरमेन्ट चार्ज ३० करोड ४९ लाख रुपैयाँले पुगेको छ ।

प्रति सेयर आम्दानी : इपीएस यो त्रैमासमा -४२.०६ रुपैयाँले रहेको छ । 

मूल्य आम्दानी अनुपात : -२८.६८ गुणा (अन्तिम मूल्य १२०६ रुपैयाँ)

प्रति सेयर नेटवर्थ : २६५ रुपैयाँ ६८ पैसा

चुक्ता पूँजी : १ अर्ब ५ करोड ५५ लाख रुपैयाँ

जगेडा कोष : ६० करोड ८८ लाख रुपैयाँ

निक्षेप संकलन तथा कर्जा परिचालन : त्रैमास सम्म बैंकले ८ अर्ब ४२ करोड बढी निक्षेप संकलन गरी १९ अर्ब १६ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ८ अर्ब २१ करोड बढी निक्षेप संकलन गरी १९ अर्ब ९६ करोड बढी कर्जा परिचालन गरेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको