Like us!
Follow us!
Connect us!
Watch us!

ग्रामीण विकास लघुवित्तले डाक्यो साधारणसभा, बुक क्लोज कहिले?

अर्थ संसार

बुधबार, ०६ मंसिर २०८०, १० : १४ मा प्रकाशित

ग्रामीण विकास लघुवित्तले डाक्यो साधारणसभा, बुक क्लोज कहिले?

ग्रामीण विकास लघुवित्तले कम्पनीको वार्षिक साधारणसभा प्रयोजनार्थ बुक क्लोज मिति तय गरेको छ ।

मङ्सिर ४ गते बसेको सञ्चालक समितिको बैठकले मङ्सिर ३० गते बुटवलस्थित कम्पनीको प्रधान कार्यालयमा बस्ने गरि ८ औं साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित आर्थिक प्रतिवेदनहरु पारित गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

लघुवित्तले मर्जर तथा एक्विजिसन प्रयोजनका लागि उपयुक्त मर्जर समिती गठन गरि उपयुक्त लघुवित्त संस्थाको पहिचान गर्ने विशेष प्रस्ताव पनि सभामा पेश गर्ने भएको छ । कम्पनीले लगानीकर्तालाई भने कुनै पनि लाभांश नबाँड्ने भएको छ । साधारणसभा प्रयोजनार्थ कम्पनीले मङ्सिर १४ देखि मङ्सिर ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ । अर्थात मङ्सिर १३ सम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको