Like us!
Follow us!
Connect us!
Watch us!

बैंक तथा वित्तीय संस्थाबाट १० अर्ब तरलता प्रशोचन गर्दै राष्ट्र बैंक

अर्थ संसार

बुधबार, ०६ मंसिर २०८०, १३ : ०७ मा प्रकाशित

बैंक तथा वित्तीय संस्थाबाट १० अर्ब तरलता प्रशोचन गर्दै राष्ट्र बैंक

सिडि रेसियो ८१ प्रतिशत भन्दा तल झर्ने अवस्था आएसँगै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट १० अर्ब तरलता प्रशोचन गर्ने भएको छ ।

बैंकले सात दिने निक्षेप संकलन उपकरण मार्फत मङ्सिर ६ देखि १३ गतेसम्मका लागि १० अर्ब निक्षेप संकलन गर्न लागेको हो । राष्ट्र बैंकबाट इजाजत पाएका क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलनको बोलकबोलका लागि आवेदन दिन सक्नेछन् । ती संस्थाले कम्तिमा १० करोड देखि सो भन्दा माथि ५ करोडले भाग गर्दा निशेष भाग जाने रकम १० अर्ब सम्मै बोल गर्न सक्नेछन् ।

संकलित निक्षेपको साँवा तथा ब्याज राष्ट्र बैंकले मङ्सिर १३ गते भुक्तान गर्नेछ । ब्याजको हकमा सबैभन्दा कम कबोल गरिएको ब्याजलाई पहिलो प्राथमिकतामा राखी त्यसै क्रमले बोल गरिएको रकम क्रमश: बाँडफाँड हुनेछ । यसरी निक्षेप संकलन गरिएको रकम तरलता अनुपात तथा एसएलआरमा बैंक तथा वित्तीय संस्थाले गणना गर्न पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको