नबिल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ।
बैंकको आज मंसिर ०७ बिहान ९:३० बजे केन्द्रीय कार्यालयमा बसेको यस बैंकको सञ्चालक समितिको ६४४ औं बैठकले २०८० आषाढ मसान्तमा समाप्त आ.व. २०७९ / ०८० सम्मको सञ्चित मुनाफाबाट ११% लाभांश ( ११% नगद लाभांश) मात्र दिने निर्णय गरेको छ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृती गरेपछि साधारण सभामा प्रस्ताव गरिने छ। बैंकले गत आर्थिक वर्षमा ३० % प्रतिशत लाभांश दिएको थियो जसमा १८.५ बोनस र ११.५ नगद रहेको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस