Like us!
Follow us!
Connect us!
Watch us!

नेपालको एक सय ४४ देशसँग वैदेशिक व्यापार हुँदा अमेरिकासहित २७ सँग व्यापार नाफा

अर्थ संसार

विहीबार, ०७ मंसिर २०८०, १२ : ०६ मा प्रकाशित

नेपालको एक सय ४४ देशसँग वैदेशिक व्यापार हुँदा अमेरिकासहित २७ सँग व्यापार नाफा

वैदेशिक व्यापारको प्रथम चौमासिक रिपोर्ट अनुसार नेपालको २७ देशसँग व्यापार नाफा हुँदा एक सय १७ देशसँग व्यापार घाटा रहेको छ ।

एक लाख भन्दा बढी रुपैयाँको वैदेशिक व्यापार भएका कुल एक सय ४४ देशमध्ये एक सय १७ देशसँग व्यापार घाटा हुँदा नेपालको मात्र २७ देशसँग व्यापार नाफा रहेको छ । नेपालको सबैभन्दा धेरै व्यापार नाफा हुने देशमा अमेरिका एक अर्ब ९७ करोड ८६ लाख ६२ हजार रुपैयाँसहित पहिलो स्थानमा छ भने डेनमार्क ३० करोड ५० लाख ३२ हजार रुपैयाँसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानमा नेदरल्यान्डसँग ९ करोड ३३ लाख २९ हजार रुपैयाँ व्यापार नाफा रहेको छ । व्यापार नाफा हुने अन्य देशमा नर्वे, आइसल्यान्ड, जर्जिया, फिनल्यान्डलगायत रहेका छन् ।

सबैभन्दा धेरै निर्यात हुने देशमा भने भारत अग्रस्थानमा रहेको छ । चार महिनामा भारततर्फ ३३ अर्ब भन्दा बढीको निर्यात हुँदा अमेरिकातर्फ ६ अर्ब १० करोड ८० लाख रुपैयाँ बराबरको निर्यात भएको छ । यसैगरी तेस्रो स्थानमा जर्मनीतर्फ एक अर्ब ५८ करोड १९ लाख ७२ हजार रुपैयाँ र चौथो स्थानको बेलायततर्फ एक अर्ब ३३ करोड ६९ लाख ८४ हजार रुपैयाँ बराबरको निर्यात भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको