Like us!
Follow us!
Connect us!
Watch us!

चीनसँगको व्यापार घाटा ‘चिन्ताजनक’,निर्यात भन्दा आयात १०२ गुणा बढी

अर्थ संसार

सोमबार, १७ बैशाख २०८१, १५ : १५ मा प्रकाशित

चीनसँगको व्यापार घाटा ‘चिन्ताजनक’,निर्यात भन्दा आयात १०२ गुणा बढी

विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीन नेपालको छिमेकी मात्रै होइन, महत्वपूर्ण व्यापार साझेदार मुलुक पनि हो । नेपालले भारतपछि सबैभन्दा बढी व्यापार गर्ने चीनसँगको व्यापार असन्तुलन चिन्ताजनक बन्दै गएको छ । चीनले नेपालसँग व्यापारलाई प्राथमिकता नदिँदा चीनसँगको व्यापार घाटा गहिरिँदै गएको हो। 

नेपालबाट हुने निर्यातभन्दा आयात १०२ गुणा बढी रहेको भन्सार विभागको तंथ्याकले देखाउछ । चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा मात्रै नेपालले चीनसँग २ खर्ब १४ अर्ब ६५ करोड ५० लाख ५३ हजार रुपैयाँ घाटा व्यहोरेको छ । चालु आर्थिक वर्ष को नौ महिनामा नेपालले २ खर्ब १६ अर्ब ७६ करोड ९५ लाख १९ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान आयात गरेको छ भने २ अर्ब ११ करोड ४४ लाख ६६ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान आयात गरेको छ । यसले नेपाल र चीनबीचको व्यापार घाटाको खाडललाई देखाउँछ।

गत आर्थिक वर्ष २०७९र८० मा चीनबाट २ खर्ब २२ अर्ब रूपैयाँको वस्तु आयात हुँदा नेपालबाट जम्मा १ अर्ब ७६ करोड रूपैयाँको वस्तु निर्यात भएको छ। 

करिब एक दशकको अवधिमा दुई गुणाले आयात बढेको छ। आव २०७०र७१ मा आयात ७९ अर्ब ७२ करोड रूपैयाँ थियो। उक्त आवमा २ अर्ब ५२ करोड रूपैयाँको वस्तु नेपालबाट चीनतर्फ निर्यात भएकामा ९ वर्षपछि आव २०७९र८० मा निर्यात घटेर १ अर्ब ७६ करोड रूपैयाँमा खुम्चिएको छ। यसरी हेर्दा सबैभन्दा ठुलो व्यापार घाटा चीनसँग छ।

नेपालले चीनबाट के ल्याउँछ,के पठाउँछ ?

नेपालले चीनबाट स्मार्ट फोन, सवारीसाधन, मेसिनरी सामान, स्टिल जस्ता फलामजन्य वस्तु, तयारी पोसाक, खाद्यान्न तथा फलफूलसमेत आयात गर्दै आएको छ । चालु आवको नौ महिना (साउन–चैत) मा चीनबाट सबैभन्दा बढी १४ अर्ब ५३ करोड ५९ लाख रुपैयाँ बराबरको स्मार्ट फोन आयात भएको छ । त्यस्तै, चीनबाट नेपालले ११ अर्ब ३५ करोड ७६ लाख रुपैयाँ बराबरको स्टील, जस्ता फलामजन्य वस्तु आयात गरेको छ। यस्तै, १० अर्ब ५२ करोड ५३ लाखको इलेक्ट्रीक कार, जीप भ्यान आयात गरेको छ ।

नेपालबाट चीनमा कार्पेट, फर्निचर, यार्सागुम्बा, गलैँचा, पास्ता, फेल्ट, हातेकागज, तरकारी लगायतका वस्तु निर्यात हुँदै आएको छ ।
नेपालबाट चीनमा सबैभन्दा बढी ३४ करोड ५१ लाखको कार्पेट निर्यात भएको छ । त्यस्तै, २७ करोड ४२ लाखको फर्निचर निर्यात भएको छ भने २२ करोड ८७ लाखको यार्सागुम्बा निर्यात भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको