Like us!
Follow us!
Connect us!
Watch us!

आयात निर्यात घट्दो ट्रेन्डमै, प्रति एक रुपैयाँको निर्यात हुँदा सवा १० रुपैयाँको आयात

अर्थ संसार

आइतबार, ०७ माघ २०८०, १६ : ०६ मा प्रकाशित

आयात निर्यात घट्दो ट्रेन्डमै, प्रति एक रुपैयाँको निर्यात हुँदा सवा १० रुपैयाँको आयात

यस आर्थिक वर्षको पहिलो ६ महिनामा आयात निर्यातमा गिरावट आएको छ । अघिल्लो वर्ष यसै समयसम्मको तथ्यांक हेर्दा आयात ३.०९ प्रतिशतले तथा निर्यात ७.२३ प्रतिशतले घटेको हो ।

यस आवको मध्य पुससम्म सात खर्ब ६८ अर्ब १६ करोड रुपैयाँ बराबरको आयात भएकोमा अघिल्लो वर्ष यसै अवधिसम्म सात खर्ब ९२ अर्ब ६६ करोड रुपैयाँ बराबरको आयात भएको थियो । यसैगरी निर्याततर्फ यस आवको मध्य पुससम्म ७४ अर्ब ९६ करोड ८० लाख रुपैयाँ बराबरको निर्यात भएकोमा अघिल्लो वर्ष यसै अवधिसम्म ८० अर्ब ८० करोड ७४ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो ।

यसैगरी अघिल्लो वर्ष सात खर्ब ११ अर्ब ८५ करोड रुपैयाँ रहेको व्यापार घाटा यो वर्ष भने घटेर ६ खर्ब ९३ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । व्यापार घाटामा २.६२ प्रतिशतले कमी आएको हो ।

यस्तै अघिल्लो आवको वर्षको पहिलो छ महिनामा प्रति एक रुपैयाँको निर्यात हुँदा सवा ९ रुपैयाँ ८१ पैसाको आयात भएकोमा यस वर्षको पहिलो छ महिनामा प्रति एक रुपैयाँको निर्यात हुँदा १० रुपैयाँ २४ पैसा बराबरको आयात भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको