Like us!
Follow us!
Connect us!
Watch us!

बल्खुमा प्रहरी र दुर्गा प्रसाईंका समर्थकबीच झडप

अर्थ संसार

विहीबार, ०७ मंसिर २०८०, १४ : २८ मा प्रकाशित

बल्खुमा प्रहरी र दुर्गा प्रसाईंका समर्थकबीच झडप

काठमाडौंको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंका समर्थकबीच झडप भएको छ ।

बल्खु क्षेत्रमा दुर्गा प्रसाईंको नेतृत्वमा विरोध प्रदर्शनको कार्यक्रम भइरहेकोमा आन्दोलनकारी प्रहरी घेरा तोडेर अघि बढ्न लागेपछि झडप भएको हो । प्रहरीले आन्दोलनकारी माथि अश्रुग्याँस र पानीको फोहोरा प्रहार गरेको छ । आजै एमालेको युवा संघले तीनकुनेमा प्रदर्शन गरिरहेको छ । दुई समूहबीच बिहानै सामान्य ढुङ्गा हानाहान भइसकेको छ । कालिमाटीमा रहेका युवा संघका कार्यकर्ता बल्खु आएपछि झडपको स्थिति पैदा भएको थियो ।

दुर्गा प्रसाईं नेतृत्वको विरोध प्रदर्शन कार्यक्रम र युवा संघको विरोध प्रदर्शन कार्यक्रमलाई मध्यनजर गर्दै काठमाडौं ट्राफिकले अत्यावश्यक कामका लागि मात्रै सवारी सञ्चालन गर्न हिजै अनुरोध गरेको थियो । ट्राफिक प्रहरीले आवश्यकता अनुसार जुनसुकै स्थानबाट पनि डाइभर्सन गर्न सक्ने हुँदा आवश्यक सहयोग गर्न पनि भनेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको