Like us!
Follow us!
Connect us!
Watch us!

नेपाली सेना र भारतीय सेनाको संयुक्त सैन्य अभ्यास शुक्रबारदेखि शुरु

अर्थ संसार

शनिबार, ०९ मंसिर २०८०, १३ : १० मा प्रकाशित

नेपाली सेना र भारतीय सेनाको संयुक्त सैन्य अभ्यास शुक्रबारदेखि शुरु

नेपाली सेना र भारतीय सेनाको संयुक्त सैन्य अभ्यास शुक्रबारदेखि शुरु भएको छ ।

भारतको पिथौरागढमा शुरु भएको संयुक्त अभ्यासलाई एक्स सुर्यकिरण १७ नाम दिइएको छ । अभ्यासमा नेपाली सेनाको तारा दल गणका प्रमुख सेनानी सुवास केसीको नेतृत्वमा ३३४ जना र भारतीय सेनाको कुमाउ गणका ३३४ जना सहभागी रहेका छन् । प्रति विद्रोह तथा प्रति आतंकवाद, विपद् व्यवस्थापन र फौजको अन्तरसञ्चालन क्षमता अभिवृद्धिमा केन्द्रित रही अभ्यास सञ्चालन हुने जनाइएको छ ।

अभ्यास मङ्सिर २१ गतेसम्म सञ्चालन हुनेछ । हरेक वर्ष हुँदै आएको नेपाल र भारत संयुक्त सैन्य अभ्यास गत वर्ष रुपन्देहीको सालझण्डीमा पुस महिनामा भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको