Like us!
Follow us!
Connect us!
Watch us!

मेन्छियाम हाइड्रोले डाक्यो साधारणसभा, लगानीकर्तालाई छैन लाभांश

अर्थ संसार

सोमबार, ११ मंसिर २०८०, ०९ : १४ मा प्रकाशित

मेन्छियाम हाइड्रोले डाक्यो साधारणसभा, लगानीकर्तालाई छैन लाभांश

मेन्छियाम हाइड्रोले कम्पनीले तेस्रो वार्षिक साधारणसभाको मिति तय गरेको छ । कम्पनीले लगानीकर्ताको हात भने रित्तै राख्ने भएको हो ।

मङ्सिर १० गते आइतबार बसेको सञ्चालक समितिको बैठकले पुस २ गते काठमाडौंको लैनचौरस्थित लैनचौर ब्याङ्क्युटमा बस्ने गरि तेस्रो साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, सञ्चालक समिती गठन गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

कम्पनीले साधारणसभा प्रयोजनार्थ कम्पनीले बुक क्लोज मिति भने सार्वजनिक गरेको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको