Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश बिना नै खानीखोला हाइड्रोले डाक्यो साधारणसभा, हकप्रद निष्कासन विशेष प्रस्तावमा

अर्थ संसार

सोमबार, ११ मंसिर २०८०, १५ : ३३ मा प्रकाशित

लाभांश बिना नै खानीखोला हाइड्रोले डाक्यो साधारणसभा, हकप्रद निष्कासन विशेष प्रस्तावमा

खानीखोला हाइड्रोले कम्पनीले एकैसाथ दशौं र एघारौं वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले सेयरधनीको हात भने रित्तै राख्ने भएको छ ।

मङ्सिर १० गते आइतबार बसेको सञ्चालक समितिको बैठकले पुस ४ गते काठमाडौंको धुम्बाराहीस्थित ध्रुम बाराह पार्टी प्यालेसमा बस्ने गरि साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

यसैगरी कम्पनीले १:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पनि साधारणसभामा पेश गर्ने जनाएको छ । कम्पनीले साधारणसभा प्रयोजनार्थ मङ्सिर २२ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात मङ्सिर २१ सम्म कायम सेयरधनीले साधारणसभामा भाग लिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको