Like us!
Follow us!
Connect us!
Watch us!

घट्याे पेट्राेल र डिजेलकाे भाउ, ग्यासकाे यथावत्

अर्थ संसार

विहीबार, १४ मंसिर २०८०, २१ : २४ मा प्रकाशित

घट्याे पेट्राेल र डिजेलकाे भाउ, ग्यासकाे यथावत्

 नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

 आजै राती १२ बजेदेखि लागू हुनेगरि निगमले पेट्रोलको भाउ प्रतिलिटर २ रुपैयाँ, डिजेल तथा मट्टीतेलको भाउ प्रतिलिटर ४ रुपैयाँले घटाएको हो ।

निगमले खाना पकाउने ग्यासको मूल्य भने यथावत् राखेको छ। 

मूल्य घटाइएपछि पहिलो वर्गअन्तर्गत झापा, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पेट्रोल प्रतिलिटर  १६७ रुपैयाँ र डिजेल तथा मट्टितेल १५७ रुपैयाँ कायम भएको छ। दोस्रो वर्ग सुर्खेत र दाङअन्तर्गतका क्षेत्रमा पेट्रोल १६९ रुपैयाँ र डिजेल १५९ रुपैयाँ कायम भएको छ। तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दीपायल अन्तर्गतका क्षेत्रमा प्रतिलिटर पेट्रोल १७० रुपैयाँ र डिजेल १६० रुपैयाँ कायम भएको छ।

6568aca6bd1a1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको