Like us!
Follow us!
Connect us!
Watch us!

व्यापारिक स्वार्थ समूह र तिनका बिचौलियाको प्रभावबाट जोगाउन धितोपत्र बोर्डसम्बद्ध कर्मचारी संगठनको अपील

अर्थ संसार

शुक्रबार, १५ मंसिर २०८०, १३ : २३ मा प्रकाशित

व्यापारिक स्वार्थ समूह र तिनका बिचौलियाको प्रभावबाट जोगाउन धितोपत्र बोर्डसम्बद्ध कर्मचारी संगठनको अपील

नेपाल धितोपत्र बोर्ड सेबोनसम्बद्ध स्वतन्त्र कर्मचारी संगठनले एक प्रेस विज्ञप्ति जारी गर्दै बोर्डलाई व्यापारिक स्वार्थ समूह र तिनका बिचौलियाको प्रभावबाट जोगाउन अपील गरेको छ ।

संगठनले मङ्सिर १५ गते जारी गरेको प्रेस विज्ञप्तिमा पछिल्लो समय विभिन्न संचार माध्यममा बोर्ड र बोर्ड नेतृत्व बदनाम हुने गरी विभिन्न समाचारहरु आउँदा बोर्डबाट सो को स्पष्ट खण्डन हुन नसकेकोमा संगठन चिन्तित बनेको उल्लेख गरिएको छ । बजार निरन्तर ओरालोलागेको तथा अर्थतन्त्रका अधिकांश सूचक सन्तोषजनक नरहेको विषम परिस्थितिमा बोर्ड एवं बोर्ड नेतृत्वप्रति व्यपारीक स्वार्थ समूह हावी भएको भन्ने खालका आरोपको सम्बन्धमा संगठनको गम्भीर ध्यानाकर्षण भएको पनि जनाइएको छ ।

धितोपत्रको सार्वजनिक निष्कासन तथा अनुमतिको सम्बन्धमा बारम्बार विवादास्पद समाचारहरु पढ्न र सुन्नु पर्दा मर्माहत भएको बताउँदै त्यस्ता विवादास्पद समाचारले बोर्डको स्थायी संयन्त्रको रुपमा रहेका कर्मचारीहरुमा भय र त्रासको वातावरण सृजना भएको उल्लेख गरिएको छ । विज्ञप्तिमा संबैधानिक अंग र विषयगत संसदीय समितिहरुबाट बारम्बार प्रश्न चिन्ह उठ्ने गरी काम भएको भन्ने आरोपले समेत कार्यालय त्राहिमाम बनाएको जनाइएको छ ।

संगठनले बोर्डलाई व्यापारीक स्वार्थ समूह तथा तिनका बिचौलियाहरुको प्रभावबाट जोगाउन र कर्मचारीको पेशागत हकहितको सुरक्षार्थ सम्वद्ध पक्षहरुमा अपील समेत गरेको छ । बोर्डको गरिमा र स्वायत्तता कायम राख्न पनि संगठनले जोडदार माग गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको