Like us!
Follow us!
Connect us!
Watch us!

बिग मर्जरको असर लाभांशमा ?

नरेन्द्रमान श्रेष्ठ

अर्थ संसार

आइतबार, १७ मंसिर २०८०, ०७ : १९ मा प्रकाशित

बिग मर्जरको असर लाभांशमा ?

वाणिज्य बैकहरुमा अब्बल मानेका बैंक नबिल बैकले आर्थिक वर्ष २०७९/८० मा आफ्ना सेयरधनीलाई केबल ११ प्रतिशत मात्र नगद लाभांश दिने भनेर घोषणा गर्यो । यसबारेमा लगानीकर्ता माझ चर्चा परिचर्चाहरु भए । कतिपय लगानीकर्ताहरुले त नबिल बैकको सेयर बेचेर बाहिर निस्कने समेत सोच बनाएका थिए । गत बर्ष मा भएको सभामा अर्को बर्ष पनि ३० प्रतिशतको हारा हारीमा लाभाश दिने भनेर भनेका नबिल बैकले ११ प्रतिशत मात्र लाभांश दिने घोषणा गरेकोमा लगानीकर्ताहरुले आक्रोश समेत ब्यक्त गरे । कतिपयले त बैंकका प्रमुख कार्यकारी अधिकृत सिइओले राजिनामा दिन पर्छ भनेर पनि बोल्न थालेका छन् । 

त्यसैगरि २० वटा भन्दा बढि बैंकहरु सँग मर्जर गरिसके भनेर गर्भ गर्ने गरेको बैंक ग्लोबल आइ एम इ बैकले पनि ९ प्रशित मात्र लाभांश दिने भएको छन त्यो पनि १ प्रतिशत बोनस सेयर सहित । बिग मर्जरमा गएका गरेका अधिकांश बैंकहरुको  आर्थिक सूचकं राम्रो नभएको बताउँछन  जानकारहरु । त्यसोत बिग मर्जरमा गएका केहि बैंकहरुले त आर्थिक बर्ष २०७९ ८० को लाभांश समेत दिन नसकिने अबस्थामा रहेको पनि सरोकारवालाहरुको पनि मत रहेको छ ।

बिग मर्जरमा गएको र गरेका बैंकहरुमा नबिल र बङ्गलादेश बैंक , ग्लोबल र बैंक अफ काठमाडौ बैंक, हिमालयन र सिभिल बैंक ,प्रभु र सेन्चुरी बैंक  कुमारी र एनसीसी बैंक, लक्ष्मी र सनराइज बैंक । एकातिर बिग मर्जरले स्वयम बैंकहरुमा नै समस्याहरु देखा परिरहेको बताउँछन भने अर्को तिर लगानीकर्ताहरुले पनि घाटा ब्यहोर्न परिरहेका छन । यस कारणले सेयरबजार पनि डामाडोल भएको बजारको विश्लेषकको तर्क छ।

बैंकको सेयरहरुको थुप्रो भएको कारणले बजारमा बिक्रीको चाप बढेकोले सेयरको भाउमा गिरावत आएको हो भन्दा पनि फरक नपर्ला । बैंकहरु ठुला र पुँजी मात्र धेरै भएर नहुने रहेछ भन्ने त बैंकहरुको बिग मर्जरले देखाएको छ । बिग मर्जर गर्नको लागि दवाब दिने नेपाल राष्ट्र बैंक र गभर्नरको निति निदेर्शन असफल भएको हो रु लगानीकर्ताहरु पछिल्लो समय सेयरबजारमा देखा परिरहेको नेप्सेको गिरावतको कारण पनि गभर्नर लाई दिने गरेका छन । 

भन्नेले  देशमा मन्दीको अबस्था रहेको र केहि अराजक ब्यक्तिहरुले बैंक तथा बित्त कम्पनीहरुको बारे सेयरबजारमा भ्रम पारिरहेको पनि छन् । यस्ता अराजक ब्यक्तिहरुको पछि नलाग्न लगानीकर्ताहरुलाई सेयरबजारका बिज्ञ तथा विश्लेषकले भनिरहेका छन । 

पछिल्लो समयमा लाभांश घोषणा गरिसकेका र लाभाश दिइसकेका बैंकहरुको लाभांश विगतका वर्षहरुमा  भन्दा कम  रहेका छन । यो बिग मर्जरको कमाल हो भनेर पनि भन्ने गरेका छन सरोकारवलाहरु । त्यसै गरि धेरै जसो बैंकहरुको लाभांश पनि नगदमा नै दिने गरेका छन । हुन त अहिलेको अबस्थामा बोनस सेयर भन्दा नगद लाभांश नै राम्रो हो भन्दा पनि फरक नपर्ला । बोनस सेयरले सेयरबजारमा पनि नकारात्मक प्रभाब पार्छ भने आगामी बर्षको लाभांशमा पनि असर गर्ने गर्छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको