Like us!
Follow us!
Connect us!
Watch us!

तेह्रथुम पावरले डाक्यो साधारणसभा, लगानीकर्ताको हात रित्तै

अर्थ संसार

आइतबार, १७ मंसिर २०८०, १५ : १९ मा प्रकाशित

तेह्रथुम पावरले डाक्यो साधारणसभा, लगानीकर्ताको हात रित्तै

तेह्रथुम पावर कम्पनीले कम्पनीको छैटौं वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले लगानीकर्तालाई भने लाभांशको कुनै व्यवस्था गरेको छैन ।

मङ्सिर १५ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले पुस २१ गते काठमाडौंको बत्तीसपुतलीस्थित कम्पनीकै कार्यालयमा बस्ने गरि साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

यसैगरी कम्पनीले हालको चुक्ता पुँजीको शत प्रतिशतले हुन आउने हकप्रद जारी गर्ने प्रस्ताव पनि साधारणसभामा पेश गर्ने जनाएको छ । कम्पनीले साधारणसभा प्रयोजनार्थ मङ्सिर २८ गतेदेखि पुस २१ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । अर्थात मङ्सिर २७ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको