कामना सेवा बैंकले आफ्नो सत्रौं वार्षिक साधारणसभा बोलाउँदै बुक क्लोज मिति तय गरेको छ ।
मङ्सिर १८ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको साधारणसभा पुस १७ गते मङ्गलबार बस्ने निर्णय गरेको जनाइएको छ । बैंकले जारी गरेको सूचना अनुसार साधारणसभा प्रयोजनार्थ मङ्सिर २९ गते एक दिन बुक क्लोज गरिनेछ ।
अर्थात मङ्सिर २८ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस