Like us!
Follow us!
Connect us!
Watch us!

मितेरी डेभलपमेन्ट बैंकले डाक्यो साधारणसभा, कहिले छ बुकक्लोज ?

अर्थ संसार

बुधबार, २० मंसिर २०८०, १० : १४ मा प्रकाशित

मितेरी डेभलपमेन्ट बैंकले डाक्यो साधारणसभा, कहिले छ बुकक्लोज ?

मितेरी डेभलपमेन्ट बैंकले आफ्नो १८ औं वार्षिक साधारणसभा बोलाउँदै बुक क्लोज मिति तय गरेको छ ।

मङ्सिर १९ गते बसेको सञ्चालक समितिको बैठकले पुस १४ गते सुनसरीस्थित सुनसरी उद्योग वाणिज्य संघमा बस्ने गरि बैंकको साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

यसैगरी कम्पनीले हालको चुक्ता पुँजीको ९.५ प्रतिशतले हुन आउने ९ करोड ६४ लाख २५ हजार एक सय ३६ रुपैयाँ बराबरको बोनस सेयर लाभांश बाँड्ने विशेष प्रस्ताव पनि साधारणसभामा पेश गर्ने जनाएको छ । कम्पनीले चुक्ता पुँजीको ०.५ प्रतिशतले हुन आउने ५० लाख ७५ हजार सात रुपैयाँ कर प्रयोजनका लागि नगद लाभांश पनि बाँड्नेछ ।

कम्पनीले लाभांश र साधारणसभा प्रयोजनार्थ मङ्सिर २८ गतेदेखि पुस १४ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । अर्थात मङ्सिर २७ गतेसम्म कायम सेयरधनीले मात्र बोनस प्राप्त गर्न तथा साधारणसभामा भाग लिन सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको