Like us!
Follow us!
Connect us!
Watch us!

कहिले खुल्दैछ सर्वसाधारणलाई हिमालयन रिइन्स्योरेन्स कम्पनीको आईपीओ ?

अर्थ संसार

विहीबार, २१ मंसिर २०८०, ०९ : ५५ मा प्रकाशित

कहिले खुल्दैछ सर्वसाधारणलाई हिमालयन रिइन्स्योरेन्स कम्पनीको आईपीओ ?

हिमालयन रिइन्स्योरेन्स कम्पनीको आईपीओमा सर्वसाधारणले मङ्सिर २७ गतेदेखि पुस १ गतेसम्म आवेदन दिन सक्ने भएका छन् । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सेयर निष्काशन खुलाउन लागेको हो ।

कम्पनीले मङ्सिर ४ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ खुलाइसकेको छ । पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३० लाख कित्ता सेयर निष्कासन गरेको थियो । उक्त आइपिओमा ३४ हजार दुई सय छ जनाले ४५ लाख ८२ हजार छ सय ७० कित्ता सेयरका लागि आवेदन दिएका छन् ।

हिमालयन रिइन्स्योरेन्सले हाल कायम जारी पूँजी १० अर्ब रुपैयाँ बराबरको ३० प्रतिशतका दरले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता सेयर निष्काशन गर्ने नेपाल धितोपत्रबाटअनुमति प्राप्त गरेको थियो । वैदेशिक रोजगारमा रहेका नेपालीलाई छुट्ट्याइएको १० प्रतिशत बाहेक कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि ६ लाख कित्ता र सामूहिक लगानी कोषहरुका लागि १५ लाख कित्ता पनि सेयर निष्काशन गर्न छुटाइएको छ ।

त्यस बाहेकको २ करोड ४९ लाख कित्ता शेयर कम्पनीले सर्वसाधारणमा लागि निष्काशन गर्न लागेको हो । यस आइपिओको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको