Like us!
Follow us!
Connect us!
Watch us!

अप्पर स्याँङ्गे हाइड्रोले डाक्यो साधारणसभा, लगानीकर्ताको हात रित्तै

अर्थ संसार

आइतबार, २४ मंसिर २०८०, १५ : ५४ मा प्रकाशित

अप्पर स्याँङ्गे हाइड्रोले डाक्यो साधारणसभा, लगानीकर्ताको हात रित्तै

अप्पर स्याँङ्गेले कम्पनीको सातौं वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले लगानीकर्तालाई भने लाभांशको कुनै व्यवस्था गरेको छैन ।

मङ्सिर २२ गते बसेको सञ्चालक समितिको बैठकले पुस १७ गते काठमाडौंको चप्पल कारखाना चोकस्थित कुण्डलिनी दरबार बैंक्वेटमा बस्ने गरि साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

कम्पनीले साधारणसभा प्रयोजनार्थ पुस २ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात पुस १ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको