Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंक लिमिटेड र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरबीच ग्राहकलाई छुट दिने सम्झौता

अर्थ संसार

बुधबार, २७ मंसिर २०८०, ११ : २८ मा प्रकाशित

प्रभु बैंक लिमिटेड र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरबीच ग्राहकलाई छुट दिने सम्झौता

काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । 

बैंकको केन्द्रिय कार्यालय बबरमहलमा आयोजित एक कार्यक्रममा ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत मञ्जय राज पाण्डेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले ॐ हस्पिटलमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी र दन्त सेवा लगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

नेपालको निजी क्षेत्रवाट सञ्चालित अग्रणी स्वास्थ्य सेवा प्रदायक ॐ अस्पतालले तीन दशक अघिदेखि निरन्तर स्तरिय रुपमा आकस्मिक उपचार देखि सघन उपचार, पेन मेडिसिन लगायत अन्य ३७ वटा भन्दा बढी विषयहरुमा विशेषज्ञता सेवा उपलब्ध गराउँदै आईरहेको छ । निःसन्तान दम्पतिहरुलाई दाम्पत्य सुख प्रदान गर्ने आइ.भि.एफ. सेवाको शुरुवात गर्ने यो अस्पतालले मातृशिशु सेवा, मुत्ररोग, मिर्गौलारोग र अर्बुदरोग उपचारमा नेपाल सरकारसँग सहकार्य गरी सहुलियत शुल्क सहितको उपचार सेवा समेत अस्पतालले प्रदान गर्दै आइरहेको छ । 

त्यसैगरी हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकले देशभर रहेका ३०१ शाखामार्फत ३१ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । बैंकले ७१ वटा एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, ३१० एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट बैङ्किङ्ग सेवा सुविधा प्रदान गर्दै आइरहेको छ  । समारोहमा प्रभु बैंकका बजार व्यवस्थापक सबिन राणा तथा ॐ हस्पिटलका व्यापार प्रवर्धन व्यवस्थापक विनोद अधिकारीको समेत उपस्थिति रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको