Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल फाइनान्सले डाक्यो साधारणसभा, छैन लाभांशको व्यवस्था

अर्थ संसार

शुक्रबार, २९ मंसिर २०८०, ११ : १७ मा प्रकाशित

नेपाल फाइनान्सले डाक्यो साधारणसभा, छैन लाभांशको व्यवस्था

नेपाल फाइनान्स लिमिटेडले कम्पनीको ३१ औं वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले लगानीकर्तालाई भने कुनै लाभांशको व्यवस्था गरेको छैन ।

मङ्सिर २८ गते बसेको सञ्चालक समितिको बैठकले पुस २० गते काठमाडौंको कान्तिपथस्थित होटल एल्लो प्यागोडामा बस्ने गरि कम्पनीको साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

यसैगरी कम्पनीले उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनका लागि प्रक्रियागत कार्य गर्ने विशेष प्रस्ताव पनि सभामा पेश गर्ने भएको छ । कम्पनीले साधारणसभा प्रयोजनार्थ पुस ६ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात पुस ५ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको