Like us!
Follow us!
Connect us!
Watch us!

इङ्गवा हाइड्रोले डाक्यो साधारणसभा, छैन लाभांशको व्यवस्था

अर्थ संसार

आइतबार, ०१ पुस २०८०, १० : ५४ मा प्रकाशित

इङ्गवा हाइड्रोले डाक्यो साधारणसभा, छैन लाभांशको व्यवस्था

इङ्गवा हाइड्रोपावर लिमिटेडले कम्पनीको १४ औं वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले लगानीकर्तालाई भने कुनै लाभांशको व्यवस्था गरेको छैन ।

मङ्सिर २८ गते बसेको सञ्चालक समितिको बैठकले पुस २२ गते काठमाडौंको थापागाउँस्थित बानेश्वर ब्याङ्क्वेटमा बस्ने गरि कम्पनीको साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

कम्पनीले साधारणसभा प्रयोजनार्थ पुस १३ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात पुस १२ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको