Like us!
Follow us!
Connect us!
Watch us!

मन्दाकिनी हाइड्रोले घोषणा गर्यो लाभांश, बुक क्लोज कहिले ?

अर्थ संसार

आइतबार, ०१ पुस २०८०, ११ : ५० मा प्रकाशित

मन्दाकिनी हाइड्रोले घोषणा गर्यो लाभांश, बुक क्लोज कहिले ?

मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेका छ ।

कम्पनीको मङ्सिर २९ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  कम्पनीले हालको चुक्ता पुँजीको ४.२५ प्रतिशत बराबरको बोनस सेयर र ०.२५ प्रतिशतले हुन आउने रकम बराबर नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने भएको हो ।

बैठकले पुस २९ गते काठमाडौंको बत्तीसपुतलीस्थित फुडल्यान्ड एन्ड ब्याङ्क्वेटमा बस्ने गरि कम्पनीको साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

कम्पनीले लाभांश र साधारणसभा प्रयोजनार्थ पुस २० गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात पुस १९ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको