Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल ल्युब ओइलले लाभांश घोषणा गर्दै बोलायो साधारणसभा, बुक क्लोज कहिले?

अर्थ संसार

सोमबार, ०२ पुस २०८०, ०९ : ५७ मा प्रकाशित

नेपाल ल्युब ओइलले लाभांश घोषणा गर्दै बोलायो साधारणसभा, बुक क्लोज कहिले?

नेपाल ल्युब ओइल लिमिटेड (एनएलओ) ले लाभांश घोषणा गरेको छ। कम्पनीको पुस १ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० कि मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरिएको हो । 

कम्पनीसंचलाक समितिले गत वर्षको मुनाफाबाट  २५ प्रतिशत बोनस शेयर र  ५ प्रतिशत नगद लाभांश कर प्रयोजनका  लागि समेत गरि कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकोछ। 

साथै कम्पनीले पुस २५ गते साधारणसभा डाकेको  छ । कम्पनीले साधारणसभाको प्रयोजनार्थ पुस १० गतेदेखि पुस २४ गतेसम्मका लागि लागि बुक क्लोजको मिति समेत तय गरेको छ। अर्थात पुस ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र कम्पनीको साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन्।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको