Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु क्यापिटलका हितग्राहीले सिद्घार्थनगर सिटी हस्पिटलको सेवा सुविधामा छुट पाउने

अर्थ संसार

सोमबार, ०२ पुस २०८०, १७ : ०९ मा प्रकाशित

प्रभु क्यापिटलका हितग्राहीले सिद्घार्थनगर सिटी हस्पिटलको सेवा सुविधामा छुट पाउने

प्रभु क्यापिटल लिमिटेडले भैरहवामा अवस्थित सिद्घार्थगर सिटी हस्पिटलसँग आफ्ना हितग्राही ग्राहकलाई सेवामा छुट दिन व्यवसायिक सम्झौता गरेको छ । 

दुई वर्षका लागि भएको सम्झौतापत्रमा क्यापिटलको तर्फबाट संचालक प्रमुख बसन्त उपाध्याय तथा सिद्घार्थगर सिटी हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक अर्जुन पौडेलले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार प्रभु क्यापिटलका डिम्याट ग्राहकले लुम्बिनी रोड भैरहवाको सिद्घार्थगर सिटी हस्पिटलबाट चिकित्सा सेवा लिदाँ हस्पिटलले दिदैं आएको ओपिडि टिकट, ल्याब इन्भेस्टिगेसन, एक्सरे/युएसजी/इसिजी, जनरल बेड चार्ज, क्याबिन, आइसियु, एनसियु, अपरेसन चार्ज, सिटिस्क्यान, फिजियोथेरापी आदि सेवाहरुमा १० देखि १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । 

ग्राहकले आफ्नो डिम्याट कन्फर्मेसन तथा परिचय पत्र देखाई अस्पतालबाट पाउने प्रिभिलेज कार्ड मार्फत सो अफरको लाभ लिन सक्नेछन् । सम्झौता बारे जानकारी दिँदै अस्पतालका विजनेश म्यानेजर पंकज कुमार पाण्डेयले भने, “बिरामीहरुको सुविधालाई ध्यानमा राखि स्वास्थ्य सेवाको पहुँच आम समुदायमा पुर्याउने उद्देश्यका साथै राम्रो उपचारका लागि आत्तिएर काठमाडौं, चितवन तथा छिमेकी मुलुक भारत जानुपर्ने वाध्यतालाई चिर्दै यस सिद्धार्थनगर सिटी हस्पिटलले सम्पुर्ण सेवाहरु प्रदान गरेको छ तसर्थ यो क्षेत्रमा भएका प्रभु क्यापिटलका सेवाग्राहीलाई समेत यो योजनाको लाभ लिन आब्हान गर्दछु ।”

लुम्बिनी रोड भैरहवा अवस्थित सिद्घार्थगर सिटी हस्पिटलले विशेषज्ञ डाक्टरहरूको टोलीमार्फत आधुनिक प्रविधियुक्त स्वास्थ्य सेवाहरू प्रदान गर्दै आईरहेका छन् । १०० शैयाको यो हस्पिटलमा २४ सै घन्टा आपतकालीन सेवा, ओटी, ओपीडी, प्रयोगशाला, क्याथल्याब, सीटी–स्क्यान, डिजिटल एक्स–रे, फिजियोथेरापी, डायलासिस लगायत विभिन्न सेवाहरूका साथै जनरल आईसीयू, सीसीयू, न्यूरो सर्जरी आईसीयू र क्याविन सुविधाहरू छन् । 

मर्चेन्ट बैंकमा अग्रणी नाम बनाएको प्रभु क्यापिटल लिमिटेडले समयानुसारकोे प्रविधि अपनाउँदै आफ्ना ग्राहकहरुलाई मर्चेन्ट सेवा दिने, पूँजीबजारसँग सम्बन्धित सचेतना तथा तालिम कार्यक्रम गर्ने, आफ्ना उचयमगअत तथा लगानी योजनासँगै सामाजिक उत्तरदायित्व वहन साथै यस्ता व्यवसायिक सम्झौता मार्फत आफ्ना ग्राहकलाई अतिरिक्त सेवा सुविधा दिदैँ आएको छ । प्रभु क्यापिटलमा हितग्राही खाता खोल्ने सुविधा प्रभु बैंकको जुनसुकै शाखाहरुबाट पनि उपलब्ध छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको