Like us!
Follow us!
Connect us!
Watch us!

एनसेल प्रकरणमा रघुजी पन्तको प्रधानमन्त्रीलाई प्रश्न : सरकारले सोही मूल्यमा एनसेल खरिद गर्न सक्छ कि सक्दैन ?

अर्थ संसार

मंगलबार, ०३ पुस २०८०, १३ : ३१ मा प्रकाशित

एनसेल प्रकरणमा रघुजी पन्तको प्रधानमन्त्रीलाई प्रश्न : सरकारले सोही मूल्यमा एनसेल खरिद गर्न सक्छ कि सक्दैन ?

एनसेल खरिद प्रकरणमा नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाललाई अहिले खरिद बिक्री सम्झौता भएको मूल्यमा सरकार आफैले एनसेल किन्न सक्छ कि सक्दैन भनेर प्रश्न गरेका छन् ।

प्रम दाहालले एनसेल प्रकरणमा सांसदहरुको प्रश्नको उत्तर दिने कार्यक्रममा पन्तले नेपाल दूरसञ्चार प्राधिकरणको अनुमति बिना भएको उक्त सेयर खरिद बिक्रीलाई प्राधिकरणले वैध वा अवैध भनेर स्पष्ट धारणा दिन सक्छ वा सक्दैन भनेर सोधेका थिए । यसैगरी पन्तले एनसेल बिक्रीको आवश्यकता नै परेको भए नेपाल सरकारले सोही मूल्यमा आफै खरिद गर्न सक्ने कि नसक्ने प्रश्न गरेका थिए । पाँच वर्षपछि नेपाल सरकारकै मातहतमा आउने कम्पनी अहिले नै आफैले किन्नु प्रक्रियागत व्यवस्था छ वा छैन पनि पन्तले सोधे ।

उनले हाल जस्तोसुकै खरिद बिक्री भए पनि पाँच वर्ष नेपाल सरकारको मातहतमा आउने व्यवस्था कायम रहन्छ वा रहदैन वा कस्तो व्यवस्था छ भनेर प्रम दाहाललाई प्रश्न गरेका थिए । यसैगरी सरकारले गठन गरेको छानबिन समितिका अध्यक्ष टंकमणि शर्मामाथि नै प्रश्न उठेको हुँदा छानबिन नै प्रभावित हुने पनि उल्लेख गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको