Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंकले घोषणा गर्यो नगद लाभांश

अर्थ संसार

बुधबार, ०४ पुस २०८०, ११ : ०१ मा प्रकाशित

महालक्ष्मी विकास बैंकले घोषणा गर्यो नगद लाभांश

महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेका छ ।

कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले ६.४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।  कम्पनीले हालको चुक्ता पुँजीको ६.४ प्रतिशत हुन आउने २६ करोड ६९ लाख ६४ हजार तीन सय ९० रुपैयाँ बराबरको नगद लाभांश कर प्रयोजनका लागि समेतगरि वितरण गर्ने भएको हो ।

कम्पनीले साधारणसभा र बोनस प्रयोजनका लागि बुक क्लोज मिती भने तय गरेको छैन । बैंकले आव २०७८/७९ मा  पनि १०.४७ प्रतिशत तथा आव २०७७/७८ मा २१.०५२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको