Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंकले घोषणा गर्यो लाभांश

अर्थ संसार

विहीबार, ०५ पुस २०८०, १० : ०६ मा प्रकाशित

गरिमा विकास बैंकले घोषणा गर्यो लाभांश

गरिमा विकास बैंकले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेका छ ।

कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  कम्पनीले हालको चुक्ता पुँजी पाँच अर्ब १८ करोड ७६ लाख ८७ हजार ५७ रुपैयाँको ९.५ प्रतिशत हुन आउने ४९ करोड २८ लाख ३० हजार दुई सय ७० रुपैयाँ बराबरको बोनस सेयर तथा ०.५ प्रतिशतले हुन आउने दुई करोड ५९ लाख ३८ हजार चार सय ३५ रुपैयाँ नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने भएको हो ।

कम्पनीले साधारणसभा र बोनस प्रयोजनका लागि बुक क्लोज मिती भने तय गरेको छैन । बैंकले आव २०७८/७९ मा  पनि १४.५ प्रतिशत तथा आव २०७७/७८ मा १६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको