Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ विकास बैंकले घोषणा गर्यो लाभांश, बोनस सेयर कति?

अर्थ संसार

शुक्रबार, ०६ पुस २०८०, १० : ३५ मा प्रकाशित

मुक्तिनाथ विकास बैंकले घोषणा गर्यो लाभांश, बोनस सेयर कति?

मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेका छ ।

कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले १०.२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  कम्पनीले हालको चुक्ता पुँजीको ९.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५१४२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

कम्पनीले साधारणसभा र बोनस प्रयोजनका लागि बुक क्लोज मिती भने तय गरेको छैन । बैंकले आव २०७८/७९ मा  पनि १४.२१०५ प्रतिशत तथा आव २०७७/७८ मा १८.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको