Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल टेलिकमले बोलायो साधारणसभा, ४० प्रतिशत लाभांश कहिले सम्मका सेयरधनीले पाउँछन् ?

अर्थ संसार

आइतबार, ०८ पुस २०८०, ०६ : ५५ मा प्रकाशित

नेपाल टेलिकमले बोलायो साधारणसभा, ४० प्रतिशत लाभांश कहिले सम्मका सेयरधनीले पाउँछन् ?

नेपाल दुरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम) ले साधारणसभा डाकेको छ। कम्पनीले यस अघि घोषणा गरेको आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांशलाई सभामा प्रस्ताव पारित गर्न आफ्नो १६ औँ वार्षिक साधारण सभा बोलाइएको छ।

कम्पनीले पुस २९ गते, राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा बिहान ११ बजे सभा आवहान गरिएको छ। 

कम्पनीको कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना लगानीकर्तालाई ४० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो। त्त्यस प्रस्ताव साथै सर्वसाधारण समूहको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्ने कम्पनीको तयारी छ। 

कम्पनीले साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १९ गतेदेखि २९ गतेसम्म बुकक्लोज तय गरेको छ । जस अनुसार पुस १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीहरुले मात्र कम्पनीको बोलाएको साधारण सभामा भाग लिन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको